आजको बजार : सुनचाँदीको मूल्यमा स्थिरता

लोकपथ
234
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ ।

सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो । आज पनि त्यहि मूल्य अर्थात ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।

सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ । सोमबार चाँदीको मूल्य १ हजार २ सय रहेकोमा आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?