गौतमीले सेयर गरिन् हनिमुनको फोटो, राम कपूरको फिटनेस देखेर फ्यानहरु चकित

लोकपथ
910
Shares

काठमाडौं । बिलिउडका चर्चित अभिनेता राम कपूर आफ्नो उत्कृष्ट अभिनयका कारण परिचित छन् । बलिउडको उनी प्राय जुनसुकै सिरियलमा छन्, यति मात्र हैन, राम कपूरले धेरै फिल्महरुमा आफ्नो क्षमता साबित गरेका छन् ।

भर्खरै उनकी श्रीमती गौतमीले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेकी छिन् । जुन देखेर फ्यानहरु अचम्ममा परेका छन् । राम कपूरकी श्रीमती गौतमीले आफ्नो हनिमुनको तस्बिर अपलोड गरेकी छिन् ।

उक्त तस्बिरमा राम कपूरको फिटनेस निकै राम्रो रहेको छ । फ्यानहरुले त्यो समयमा पनि यती धेरै फिटनेस भन्दै उक्त फोटोमा कमेन्ट गरिरहेका छन् ।

१८ वर्षको साथ :

राम कपूर- गौतमी कपूर

गौतमी र राम कपूर पहिलो पटक ‘घर एक मन्दि’ को सेटमा भेटिएका थिए। त्यसपछि दुबैको प्रेम कहानीबाट सुरु भएको थियो। दुबैले सन् २००३ मा विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?