फिफा २२ को रेटिङमा मेस्सी शीर्ष स्थानमा कायमै, कसले जिते रोनाल्डोलाई ?

काठमाडौं। फुटबल जगतमा सर्वाधिक लोकप्रिय भिडियो गेम ‘फिफा २२’ को रेटिङ सार्वजनिक गरिएको छ।

आगामी अक्टोबर १ मा सार्वजनिक गरिने फिफाको २२औं संस्करणको खेलाडी रेटिङ सोमवार सार्वजनिक गरिएको हो। फुटबल समर्थकहरु आ-आफ्नो मनपर्ने खेलाडीको नयाँ रेटिङ हेर्न निकै उत्साहित रहेको अवस्थामा फिफाले यस पटकको सर्वाधिक रेटिङ भएको खेलाडी लियोनल मेस्सीलाई बनाएको छ।

FIFA 22: Release date, price, trailers, gameplay and more

यसै सरुवा बजारमा स्पेनिश क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पीएसजी लागेका मेस्सीको फिफा २२ मा रेटिङ ९३ रहेको जानकारी फिफाले गराएको हो। त्यस्तै अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोको रेटिङ भने ९१ रहेको छ।

अघिल्लो वर्ष युभेन्टसले घरेलु लिग तथा च्याम्पियन्स लिगमा खराब प्रदर्शन गरेको कारण रोनाल्डोको रेटिङमा कमी आएको देखिएको छ। रोनाल्डोलाई उछिन्दै दोस्रो नम्बरमा रहन सफल भएका छन् बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की। फिफा २२ ले लेवान्डोस्कीलाई ९२ रेटिङ प्रदान गरेको छ।

फिफा २२ ले सार्वजनिक गरेको टप २२ खेलाडी यस प्रकार रहेका छन्।

Image

Image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?