महिला फुटबल टोली उज्बेकिस्तान प्रस्थान

काठमाडौं। एएफसी महिला एसियन कप २०२२ अन्तर्गत छनोट चरणका खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमवार उज्बेकिस्तान प्रस्थान गरेको छ।

छनोट चरणअन्तर्गत समूह ‘एफ’मा आफूभन्दा बलिया टोली फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्न नेपाली टोली उज्बेकिस्तान तर्फ प्रस्थान गरेको हो। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको नेतृत्वमा रहेको राष्ट्रिय महिला टोलीले शनिवार, सेप्टेम्बर १८ (असोज २)मा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ।

May be an image of 15 people and people standing

त्यस्तै नेपालले दोस्रो खेल मंगलवार, सेप्टेम्बर २१ (असोज ५) गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ। महिला टोलीलाई विदाई गर्ने क्रममा टिम होटलमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्र मान सिंह तथा महासचिव इन्द्रमान तुलाधर उपस्थित थिए।

एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको लागि अभ्यास स्वरूप नेपालले यसै साता घरेलु मैदानमा बंगलादेशी महिला राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपालले पहिलो खेल २-१ ले जितेको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा अन्त्य भएको थियो।

May be an image of 4 people, people standing and indoor

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?