ओमानविरुद्ध नेपाल: आज नेपालको कठिन परीक्षा (कारणसहित)

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले दोस्रो अन्तराष्ट्रिय एकदिवसीय खेलमा आज (मंगलवार) आयोजक राष्ट्र ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे सुरु हुने आजको खेल नेपालको लागि कठिन हुने अपेक्षा गरिएको छ। डे-नाइट फर्म्याटमा खेलिने आजको खेल नेपालका लागि कठिन हुनुका प्रमुख कारणहरु:

ओमानको घरेलु मैदान

Al Amerat Cricket Stadium - Wikipedia

आजको खेलमा ओमान आफ्नो घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। कुनै पनि टोलीलाई आफ्नो घरेलु मैदानको महत्व कति हुन्छ बयान गरेर सकिँदैन।

अल अमेरट क्रिकेट मैदानको स्लो आउट फिल्डमा पाहुना टोलीहरुलाई रन बनाउन गार्हो भइरहेको अवस्था छ। र यो हामीले विगतका खेलमा देखिसकेका छौं। अझै दोस्रो इनिङमा ब्याटिङ गर्ने टोलीलाई त झन् रन बनाउन निकै कठिन भइरहेको छ। सोही अवस्था ओमानलाई पनि आउँछ भन्न सक्किन। ओमानलाई यहाँको फिल्ड तथा पिच अवस्था बारे पूर्ण ज्ञान छ जुन नेपाललाई छैन।

नेपालको ब्याक टू ब्याक खेल

May be an image of 5 people, people standing and text

नेपालले हिजो मात्र अमेरिकासँग सिरिजको पहिलो खेलमा प्रतिस्पर्धा गरेको थियो। ओमानको गर्मी मौसममा कुनै पनि टोलीलाई एकदिवसीय खेल खेल्न सजिलो छैन।

डे-नाइट खेल भनिएपनि ओमानको तापक्रम ३६-३७ डिग्री सेल्सियस हुने गर्दछ। त्यसमाथि नेपालले हिजो पहिलो इनिङको चर्को मौसममा ५० ओभर फिल्डिङ गरेको थियो। र त्यसपछि ४९ ओभर फेरि ब्याटिङ पनि गरेको थियो।

यस्तो अवस्थामा कुनै पनि टोलीलाई भोलि पल्ट नै फेरि एकदिवसीय खेल खेल्न अवश्य पनि सजिलो हुँदैन। खेलमा चाहिने फोकस र एकाग्रताको कमी खेलाडीमा देख्न सकिन्छ। यो हिसाबले पनि नेपाललाई आजको खेल कठिन छ।

ओमानको मुंबईसँगका अभ्यास खेल

Oman vs Mumbai - Dream11 Prediction - 1st One-Day Match

विश्वकप क्रिकेट लिग-२ खेल्नु अघि पाहुना टोली नेपाल र अमेरिकाले आफुभन्दा कमजोर मानिएको राष्ट्र पीएनजीसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसै गरी ओमानले पनि मैत्रीपूर्ण खेलहरु खेलेको थियो।

तर ओमानले भने कुनै पनि राष्ट्रिय टोलीसँग खेल खेलेन। बरु उसले भारतीय ‘रञ्जी ट्रफी’ खेल्ने मुंबई टोलीलाई निमन्त्रणा दिएको थियो। मुंबईसँग ओमानले तीन टी-ट्वान्टी तथा चार एकदिवसीय खेल खेल्यो।

मुंबईको टोलीमा कप्तान शाम्स मुलामीसहित विकेट किपर हार्दिक तोमोरे तथा राजस्थान रोयल्सका ओपनर यसस्वी जैसवाल जस्ता नाम सामेल थिए। ओमानले मुंबईविरुद्ध टी-ट्वान्टी सिरिजमा जित दर्ता गर्दा एकदिवसीय सिरिजमा भने हार बेहोरेको थियो। तर मुंबईसँगको सिरिजले ओमानको आत्मविश्वास अझै बढाएको अपेक्षा गरिएको छ।

नेपालमा ओमानको जित

Aqib Ilyas celebrates after becoming the first Oman player to score an ODI century, Nepal v Oman, ICC Cricket World Cup League Two tri-series, Kirtipur, February 8, 2020

सन् २०२० फेब्रुवरी महिनामा आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नै ओमानले नेपालको भ्रमण गरेको थियो। त्यसबेला कीर्तिपुरस्थित त्रीवी मैदानमा खेलिएका दुई अन्तराष्ट्रिय एकदिवसीय खेलमा नेपालले ओमानविरुद्ध दुवै खेलमा पराजय भोगेको थियो।

पहिलो एकदिवसीय खेलमा ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा त झन् ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस बेला ओमानका अकिव इलियासले नेपालविरुद्ध १०९ रनको अविजित पारी समेत खेलेका थिए।

अंक तालिकामा ओमानको स्थान

आईसीसी विश्वकप क्रिकेट लिग-२ को अंक तालिकामा ओमान शीर्ष स्थानमा रहेको छ। ओमानले १० खेल खेल्दा ८ खेलमा जित निकालेको छ।

मात्र २ खेलमा पराजय भोगेको ओमानको ०.१७७ रन रेटमा १६ अंक रहेको छ। यता नेपालको अमेरिकाविरुद्धको जित पश्चात् ५ खेलमा ६ अंक रहेको छ। नेपालले ३ खेलमा जित निकाल्दा २ खेलमा पराजय भोगेको छ। ती दुवै खेल ओमानविरुद्ध नै नेपालले गुमाएको थियो।

हुन त अहिले परिस्थिति र खेलाडी दुवै फेरिएका छन्। त्यस बेला ओमानविरुद्ध ‘गोल्डेन डक’ आउट भएका रोहित पौडेल अहिले नेपालको लागि सबै भन्दा भरपर्दो ब्याट्सम्यानका रूपमा विकसित भएका छन्।

May be an image of one or more people, people standing, people playing sport and text that says "PAL"

त्यसबेला पारस र ज्ञानेन्द्रको जोडीले खोलेको नेपालको ब्याटिङमा अहिले कुशल भुर्तेल र आशिफ शेखको युवा जोडीले पछि आउने अनुभवी व्याष्टम्यानलाई केही राहत समेत मिलेको छ। ओमानको ड्राई विकेटमा स्पिनर सन्दीप लामिछानेको लेग ब्रेक र गुग्लीको जादु कायमै छ। नेपाल र ओमानबीचको आजको खेल नेपालको लागि कठिन अवश्य छ तर यसले शत प्रतिशत मनोरञ्जन दिने बाचा राख्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?