कुशल र रोहितको उत्कृष्ट ब्याटिङमा नेपालद्वारा अमेरिका ५ विकेटले पराजित

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीच खेलिएको पहिलो अन्तराष्ट्रिय एकदिवसीय खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा भर्खरै सम्पन्न डे-नाइट खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल र मिडल अर्डर ब्याट्सम्यान रोहित पौडेलले अर्धशतकिय पारी खेल्दा नेपालले प्रतियोगिताको पहिलो खेलमा जित दर्ता गरेको हो। नेपालका लागि भुर्तेलले सर्वाधिक ८४ रनको पारी खेल्दा पौडेलले अविजित ६२ रन बनाएका थिए।

Rohit Paudel slices one away, UAE v Nepal, Dubai, January 26, 2019

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रनको बलियो योगफल तयार गरेको थियो। अमेरिकाका लागि टप अर्डर ब्याट्सम्यान मनांक पटेलले सर्वाधिक १०० रन बनाएका थिए।

नेपालका लागि भने स्पिनरद्वय सन्दीप लामिछाने र सुशन भारीले व्यक्तिगत १० ओभरमा निकै किफायती बलिङ गर्दै समान २-२ विकेट लिन सफल भएका थिए। त्यस्तै तिब्र गतिका बलर विक्रम सोबले २ विकेट लिंदा कुशल मल्लले १ विकेट लिन सफल भएका थिए।

May be an image of 2 people, people playing sport, people standing and text

जवाफी ब्याटिङमा २३१ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले शानदार ब्याटिङको प्रदर्शन गर्दै ४९ ओभरमा नै जित निकालेको हो। भुर्तेल र पौडेलसँगै विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले पनि ३७ रनको शानदार पारी खेलेका थिए।

अमेरिकाका लागि स्पिनर निसर्ग पटेल तथा नोसतुश केन्जिगेले समान २-२ विकेट लिन सफल भएका थिए भने कप्तान सौरभले १ विकेट लिएका थिए। तर नेपाली ब्याट्सम्यानले शानदार ब्याटिङ गर्दा नेपालले त्रिकोणात्मक सिरिजमा शुखद सुरुवात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?