प्रधानमन्त्री देउवा र नेता खनालबीच भेटवार्ता

लोकपथ
112
Shares

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

खनाल निवास डल्लुमा उहाँहरूबीच पौने घण्टा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

उनीहरूबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आउनुभएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहेका छन् ।

प्रधानमन्त्री देउवा यसअघि नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल निवास डल्लु पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?