पटेलको शतकीय पारीमा अमेरिकाद्वारा नेपाललाई २३१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीच जारी पहिलो अन्तराष्ट्रिय एकदिवसीय खेलमा अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रनको बलियो योगफल तयार गरेको छ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा जारी डे-नाइट खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। अमेरिकाका लागि टप अर्डर ब्याट्सम्यान मनांक पटेलले सर्वाधिक १०० रन बनाएका थिए।

May be an image of one or more people, people standing, people playing sport and text that says "PAL"

नेपालका लागि भने स्पिनरद्वय सन्दीप लामिछाने र सुशन भारीले व्यक्तिगत १० ओभरमा निकै किफायती बलिङ गर्दै समान २-२ विकेट लिन सफल भएका थिए। त्यस्तै तिब्र गतिका बलर विक्रम सोबले २ विकेट लिंदा कुशल मल्लले १ विकेट लिन सफल भएका थिए।

निर्धारित ५० ओभरमा २३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउन नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख अबको केही बेरमा मैदान प्रवेश गर्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?