नेपाल स्टील विलेट उत्पादक संघद्वारा संशोधित बजेटको स्वागत

लोकपथ
119
Shares

काठमाडौं । नेपाल स्टील विलेट उत्पादक संघले सरकारले ल्याएको संशोधित बजेटको स्वागत गरेको छ । संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त संशोधित बजेटको स्वागत गरेको हो ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले ल्याएको बजेट स्पंज आइरन र तयारी स्टील विलेटको भन्सार दरमा हाल ४.७५ प्रतिशत भिन्नता कायम गरेकोमा उक्त निर्णयको स्वागत गर्दछौँ। विगत ३ वर्षदेखि स्टील विलेट उत्पादकहरुले स्पंज आइरन र तयारी विलेतको भन्सार दरमा कम्तिमा १० प्रतिशत को भिन्नता कायम गरिदिन माग गर्दै आएको हाल उपरोक्त माग आंशिक रुपमा सम्बोधन भएको र आगामी दिनमा सो भिन्नता १० प्रतिशत भन्दा बढी कायम हुनेछ भन्ने विश्वास लिएका छौँ ।’

संघले केही मलामे छड उत्पादकहरुले ”नेपाल स्टील रोलिङ्ग मिल्स एसोसियसन”को नाउँमा उक्त निर्णयको विरोधको नाममा गलत ब्याख्या गरी भ्रम फैलाउने काम गरेकोमा सो को विरोध गर्दै विज्ञप्ति मार्फत खण्डन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?