सनुपलाई सुहाएको नयाँ गेटअप र उनको नवीन गजल

लोकपथ
2.4k
Shares

मखमली स्वरका धनी सनुप पौडेल लकडाउनमा अरूभन्दा बढी सजग भएर घरभित्रै बसे । त्यही क्रममा उनको गेटअप र सङ्गीत सिर्जनामा चेन्ज आयो । उनको परिवर्तित गेटअपलाई घरपरिवारका सदस्यबाहेक अरूले खासै पत्तो पनि पाएनन् । अहिले बाटोमा हिँड्दा उनलाई पहिला चिन्नेहरूले पनि सनुप नै हो भनेर भेउ नै पाउँदैनन् ।

यो रूप भनेको समयले गर्दा नै चेन्ज हुने रहेछ । लकडाउनमा खासै बाहिर निस्कन नमिल्ने, निस्किए पनि कसकोमा जान नमिल्ने । घरमै बस्यो, शरीर अल्छी पनि भयो । शृङ्गारतिर आफूलाई आकर्षण पनि भएन । दाह्री काटिएन, कपाल रङ्गाइएन, लकडाउन पनि खुल्यो कतिपय साथीहरूले पहिला चिनेनन् । चिनेपछि भन्न थाले यो लुक्सचाहिँ दामी लाग्यो यार ।

दीपक जडितले सनुपको पहिलो आग्रहमै दुईरतीन वटा गजलहरू पठाए । जसमा ‘कहाँ बस्छ खुसी’ शीर्षकको गजललाई ‘खुसी’ टाइटल दिएर कम्पोज गर्न थाले ।

कहाँ बस्छ खुसी भरिएर इनार भएर
चाहिएको बेला झिकिन तयार भएर

‘गजललाई सबैले आ–आफ्नै किसिमले बुझ्छन्’, सनुप भन्छन् ।

‘मैले यसलाई जुन किसिमले बुझेँ र अरूलाई झनै बुझाउने प्रयासमा कम्पोज गर्न थालेँ । यो गजललाई कम्पोज गर्छु भन्यो अन्य सङ्गीतकै प्रभाव पर्ने । एवं रीतले त्यो भएपछि वेष्टन अकेस्ट्रेसन र शास्त्रीय सङ्गीत फ्युजन गरेर म्युजिक कम्पोज गरेँ ।’ उनी भन्छन्, ‘यसलाई म्युजिक एरेन्जर विशाल पौडेलले झनै राम्रो सुनिने बनाइदिए । जसको कारण खुसी सुन्दा एकदम सिम्पल लाइट किसिमको छ । सुन्नेलाई प्रेजेन्ट फिल गराउँछ ।’

गजल अरू सङ्गीतजस्तो नभएको कारण यसको सिर्जना, सङ्गीत र सङ्गीत संयोजन जति गाह्रो थियो । यसको म्युजिक भिडियो बनाउनु अर्को चुनौती नै थियो ।

सनुपले गजलको म्युजिक भिडियोदेखि सङ्गीत संयोजन बनाउन वर्कसप नै गर्नु पर्यो । जसको लागि उनले रोजे आफैँले सङ्गीतको प्राध्यापन गराउने सेन्ट मेरिज स्कुलको अडिटोरियम । उनलाई थाहा थियो म्युजिक भिडियोको सुटिङमा जानुभन्दा अगाडि कलाकारदेखि निर्देशक प्रणव केसी र सबैलाई आफ्नो फिलिङ बुझाउन पाएमा यसको मर्म मर्दैन भन्ने नै थियो ।

पहिलो लकडाउनबाट हार्मोनियममा औँला चलाउन थालेका सनुपले दोस्रो लकडाउन खुलेपछि भिडियो बनाउने योजनाका साथ प्रस्तुत भए । प्रणव केसीले निर्देशन गर्ने सनुपको स्वर र सङ्गीत रहेको यो गजल आगामी बिहीबार सार्वजनिक हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?