देउवाको गृह जिल्लामा वडा अधिवेशन पुनः गराउनुपर्ने माग

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको वडा अधिवेशन पुनः गर्नुपर्ने माग गरेको छ ।

वरिष्ठ नेता पौडेल पक्षले सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीको जिल्ला कार्य समिति र वडाध्यक्षहरुको सहमतिबीना प्रहरी प्रशासनको दुरुपयोग गरेर गराइएको वडा अधिवेशन मान्य नहुने चेतावनी दिँदै पुनः गराउन माग गरेका हुन् ।

घोर अप्रजातान्त्रिक र आपत्तिजनक ढंगले प्रहरी प्रशासन लगाएर गरिएको सो वडा अधिवेशन मान्य नहुने चेतावनी दिँदै वरिष्ठ नेता पौडेलले पुनः अधिवेशन गराउन सभापति देउवासँग माग गरे ।

पौडेल पक्षले विधान विपरीत आफूहरु पक्षका क्रियाशील सदस्यहरु हटाउने र आफ्नो चाँही थप गर्ने प्रयास नगर्न पनि सभापति देउवालाई सचेत गराउँदै आएको छ । वरिष्ठ नेता पौडेलले महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ भन्ने कुरामा नै आशंका गराउने काम नगर्न पनि सभापति देउवालाई पटक पटक आग्रह गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?