विराटनगर । नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलले प्रदेश सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।
एकीकृत समाजवादीले सोमबार प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन नरहेको जानकारी गराएको हो ।
एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको शनिबार बसेको बैठकले मुख्यमन्त्री आचार्यलाई समर्थन नगर्ने निर्णय गरेको हो ।
एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य सावित्रा रेग्मीले सरकारलाई समर्थन नरहेको जानकारी पत्र प्रदेशसभा सचिवालयलाई बुझाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया