आल्मुनियमको भाँडामा खाना पकाउनु कत्तिको खतरनाक

लोकपथ
273
Shares

अहिले नेपालीको भान्छामा खाना पकाउन आल्मुनियमका भाँडाकुँडाहरू अत्यधिक प्रयोगमा आइरहेको छ । पहिला खासै चलनचल्तीमा नरहेको आल्मुनियमका भाँडाकुँडाहरूको प्रयोगमा वृद्धि हुनुको मुख्य कारण सस्तो हुनुका साथै धेरै किसिममा आउनु नै हो ।

आल्मुनियमका भाँडाकुँडाको अत्यधिक प्रयोग भएपछि यसमा पकाइने र भण्डारण गरिने खानेकुराको विषयमा वैज्ञानिकहरूले विभिन्न किसिमका शोधहरू गर्न थालेका छन् । वैज्ञानिकहरूका विभिन्न शोधले के कुराको पुष्टि गरेको छ भने आल्मुनियमका भाँडाकुँडामा पकाएको खानेकुरा खानु भनेको आफ्नो स्वास्थ्यसँग खेलबाड गर्नु नै हो भन्ने रहेको छ । यस्तै आल्मुनियमको भाँडाकुँडामा खानेकुरालाई भण्डारण गरेर खाने गर्दा यसले पनि स्वास्थ्यमा असर गर्छ भन्ने रहेको छ ।

त्यसैले आल्मुनियमको भाँडामा खानेकुरा पकाउनु वा खानेकुरा राख्नु भन्दा अगाडी आल्मुनियमको भाँडामा के कुरा पकाउन हुन्छ के खानेकुरा राख्न हुन्छ भन्ने विषयमा सबै प्रयोगकर्तालाई यो विषयमा जानकारी हुनुपर्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार आल्मुनियमको भाँडामा एसिड युक्त अमिलो खानेकुराहरू (गोलभेँडा, कागतीको रस) हालेर पकाइने खानेकुराहरू पकाउनै हुँदैन । आल्मुनियमका भाँडामा दूध भएको चियालाई पनि पकाउनु हुदैंन । यस्तै आल्मुनियमको भाँडामा कम आँचमा पकाउनु पर्ने खानेकुराहरू पनि पकाउनु हुदैंन । यसरी पकाएका खानेकुरालाई लामो समयसम्म राख्न पनि हुदैंन ।

अनुसन्धानले के कुरा देखाएको छ भने आल्मुनियमको भाँडामा खानेकुरा पकाउँदा भाँडामा रहेका हानिकारक तत्त्वहरू पकाएको खानेकुरासँग मिलेर शरीरमा सजिलै जाने गर्छ । यसरी शरीर भित्र गएका यसका रासायनहरूले शारीरिक र मानसिक समस्या ल्याउने बताइएको छ ।

आल्मुनियमको भाँडामा खानेकुरा पकाउँदा खानामा रहेको आयरन र क्याल्सियम जस्ता तत्त्वहरू भाँडाको सम्पर्कमा आएपछि घोलिने गर्छ । यस्तो खाना खाँदा आल्मुनियमका कणहरू खानामा मिसिएर शरीरमा जाने गर्छ । यस्ता कणहरूले शरीर भित्र रहेको आयरन र क्याल्सियमको मात्रालाई समेत सोस्न थाल्छ । जसको कारण शरीरको हड्डीहरू कमजोर हुने, अल्जाइमर हुने, क्षयरोग र मिर्गौला सम्बन्धी समस्या हुने गर्छ । यो बाहेक यसले हाम्रो कलेजो र नसा सम्बन्धी समस्याहरू समेत ल्याउने गर्छ ।

अल्मुनियमको भाँडाकुँडाको प्रयोग विना भान्छा घर शून्य नै हुन्छ । यसलाई पूर्ण रूपमा प्रयोग नगर्न सकिने अवस्था छैन । त्यसैले आल्मुनियमको भाँडामा खानेकुराहरू कमै पकाउने र पकाएका खानेकुरालाई लामो समयसम्म नराख्नु नै राम्रो हुने कुरा वैज्ञानिकहरूले सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?