प्रेमिकाको अश्लिल फोटो र भिडियो सार्वजनिक गर्ने युवा पक्राउ

लोकपथ
168
Shares

काठमाडौं । प्रेमिकाको अश्लिल फोटो र भिडियो सार्वजनिक गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा प्रेमिकाको अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा दोलखाको बैतेश्वर गाउँपालिका–८ ठेगाना भई काठमाडौं टोखास्थित धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेल पक्राउ परेका हुन् ।

आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परे पश्चात उनले पोष्ट गरी चरित्र हत्या गरेको बताइएको छ । यससम्बन्धमा उजुरी परेपछि प्रहरीले जिरेललाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?