पौडेल पक्षले भन्यो- ‘डडेलधुराको अधिवेशनमा देउवाले हस्तक्षेप गरे’

लोकपथ
78
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवाले राज्यशक्तिको दुरुपयोग गरी वडा अधिवेशनमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

सोमबार (आज) देशभर अधिवेशनका सन्दर्भमा देखिएका समस्याबारे समिक्षा गर्न पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् ।

सभापति देउवाको जिल्ला डडेलधुरामा देउवाले जिल्ला सभापति र कार्यसमितिकै सहभागिता र सहमतीलाई निषेध गरेको आरोप पौडेल पक्षद्वारा जारी विज्ञप्तिमा लगाइएको छ ।

‘नेपाली कांग्रेसको लामो इतिहासका क्रममा पहिलो पटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यताको टुंगो नलगाई अधिवेशन (निर्वाचन) प्रारम्भ गरिएको छ । देशको संविधान र पार्टीको विधानले तोकेको महाधिवेशनको समयसीमा नाघेर जानु, कांग्रेसको डडेलधुरा जिल्ला सभापति र कार्यसमितिकै सहभागिता र सहमतीलाई निषेध गरी कांग्रेस सभापतिले नै दिनुभएको वचन विपरीत राज्यशक्ति र प्रशासनिक शक्तिको दुरुपयोग गरी एकपक्षीय रुपमा गरिएको वडा अधिवेशनबाट लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य(परम्पराको खिल्ली उडाएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो अमान्य छ, त्यसैले यसको हामी घोर भत्सना र यथाशिघ्र विधि र प्रक्रिया अनुसार नेतृत्व चयनको लागि पुनः निर्वाचन होस् भन्ने जोडदार आग्रह गर्दछौँ ।’]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?