बागमतीमा नयाँ सरकार बनाउने जिम्मा पाण्डेलाई

लोकपथ
56
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ ।

आज बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाएका थिए । उनले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गरेका थिए थियो भने त्यसको भोलिपल्ट मन्त्री पदबाट राजीनामा दिएका थिए ।

आजको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईँलाई सर्वसम्मतरूपमा चयन गरेको नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका नवनियुक्त सचेतक हुमागाईँले जानकारी दिए। संसदीय दलको हिजो बसेको पहिलो बैठकले राजेन्द्रप्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?