सर्वदलीय बैठक : निस्किएन निष्कर्ष, एमालेलाई बोलाएर संवाद गर्न सुझाव

लोकपथ
676
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अवरुद्ध संसद् बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ ।

संसद् भवन बानेश्वरमा सोमबार झण्डै साडे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् ।

बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव समेत दिएका छन् ।

बैठकमा नेताहरुले प्रमुख प्रतिपक्षी एमालेलाई संवादमा ल्याएर अर्को बैठक बोलाउन समेत सुझाव दिएका छन् ।

एमाले नै बैठक बोलाउनुको प्रमुख कारण रहेको बताउँदै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमालेलाई संवादमा ल्याएर सहमतीको प्रयास गर्न सुझाव दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?