सिरहा नगर कार्यपालिका गठन

लहान, २३ असोज ।सिरहा नगरपालिकाको नगर कार्यपालिका गठन भएको छ ।नगर कार्यपालिकाको गठन प्रक्रियाअनुसार प्रत्येक वडाबाट निर्वाचित महिला सदस्यमध्ये पाँच सदस्य तथा निर्वाचित सदस्यभन्दा बाहिरबाट दलित वा अल्पसंख्यक पदका लागि तीन गरी आठजना थपिएपछि नगर कार्यपालिकाले पूर्णता पाएको हो ।नगरकार्यपालिकामा निर्वाचित महिला सदस्यमध्येबाट संघीय समाजवादी फोरम नेपालका फुलपरास देवी, तारादेवी सदा, सीमा मण्डल तथा नेपाली काँग्रेसबाट इन्द्रादेवी कर्ण र रुकसाना खातुनले ८३/८३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।त्यस्तै निर्वाचित सदस्यबाहेक दलित वा अल्पसंख्यक सदस्य पदमा नेपाली काँग्रेसबाट उदयशंकर राउत र विनयकुमार साहले ८३/८३ मत प्राप्त गरी विजयी भएका छन भने संघीय समाजवादी फोरम नेपालबाट हिन्देश्वरप्रसाद लाल कर्णले ८१ मत प्राप्त गरी विजयी भएका छन ।नगरसभामा नगरप्रमुख, उपप्रमुख, २२ वडाकै वडाध्यक्ष तथा आठजना गरी ३२ सदस्यीय रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?