नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

पीएनजीविरुद्धको दोस्रो खेलबाट नेपालले आजको खेलमा १ खेलाडी परिवर्तन गरेको छ। नेपालले टप-अर्डर अनुभवी ब्याट्सम्यान विनोद भण्डारीलाई सुरुवाती ११ मा सामेल गरेको छ।

Bhandari powers Nepal to six-run win over Malaysia - The Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News

यससँगै नेपालले विकेट किपिङको जिम्मेवारी पनि आशिफ शेखको सट्टामा विनोदलाई नै दिने निर्णय गरेको छ। नेपालले अमेरिकाविरुद्ध टस हारेर पहिले बलिङ गर्दैछ।

नेपाल र अमेरिकाबीचको खेल अहिले ४:१५ बजे सुरु हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?