अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीचको पहिलो खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेको हो।

नेपाल र अमेरिकाबीचको खेल अहिले अपरान्ह ४:१५ बजे सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?