नेप्सेमा २ बैंकको ऋणपत्र थपियो, कुनको कति ?

लोकपथ
156
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार २ वटा बैंककाे ऋणपत्र सूचीकृत भएको छ । नेप्सेका अनुसार एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको भएको हो ।

एनआईसी एशिया बैंकको “एनआईसी एशिया ऋणपत्र २०८८” को १५ लाख ७३ हजार ८ सय ७२ एकाइ र राष्ट्रिय वाणिज्य बैंकको “८.५% आरबिबिएल डिबेञ्चर २०८३” काे २५ लाख एकाइ ऋणपत्र सूचीकरण गरिएको नेप्सेले जनाएको छ । “एनआईसी एशिया ऋणपत्र २०८८” को अवधि १० वर्ष र वार्षिक ८.५ प्रतिशत ब्याजदर रहेकाे छ ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे “८.५% आरबिबिएल डिबेञ्चर २०८३” को अवधि ६ वर्ष र वार्षिक ८.५० प्रतिशत ब्याजदर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?