उतारचढावका बीच झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने बढ्न सकेन

लोकपथ
143
Shares

काठमाडौं । उतारचढावका बीच सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से सामान्य अंकले बढेको हो । आज कारोबार रकम पनि बढ्न सकेको छैन ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.६९ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.५५ अंकले बढेर ५४८.८७ विन्दुमा पुगेको छ ।

सोमबार कुल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैयाँको कारोबार भएको छ । आइतबार ९ अर्ब ४४ करोड ३५ हजार २४४ रुपैयाँको कारोबार भएको थियो ।

कुल १३ उपसमूहमा ७ वटा उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकी ६ समूहको सेयरमूल्य घटेको छ । आज हाइड्रोपावर समूहको सेयरमूल्य सर्वाधिक घटेको छ । यो समूहको सेयरमूल्य २.५४ प्रतिशतले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?