सभामुख र निर्वाचन आयोगविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

लोकपथ
140
Shares

काठमाडौं । निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

उक्त रिट सुनुवाइ गर्न सोमबार (आज) का लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा पेशी तोकिएको थियो ।

एमालेले कारबाही गरेका १४ सांसदहरुको कारबाही सदर नगरेको भन्दै सभामुखविरुद्ध र कारबाहीमा परेका सांसदहरुको सनाखत गरेको भन्दै निर्वाचन आयोगविरुद्ध एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए । यसअघि पनि उक्त रिटमा पेशी तोकिएको थियो तर सुनुवाइ हुन सकेको थिएन ।

सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदहरुलाई कारबाही नहुने बताएका छन् । त्यसबाट रुस्ट बनेको एमालेले निरन्तर संसद समेत अवरुद्ध गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?