काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको सोमबारको बैठकमा पनि १५ मिनेटका लागि स्थगित गरिएको छ ।
बैठक स्थगित गर्नुअघि एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको तर्फबाट ठगेन्द्रप्रकाश पुरीलाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग सम्बन्धी विधेयक–२०७५ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने समय दिएका थिए ।
सोही विधेयक पेश गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरेका थिए । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेका सांसदहरुले अवरुद्ध पारेपछि संघीय संसदको दुवै सदनका बैठकहरु अवरुद्ध हुँदै आएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया