घोडीघोडा र युनिक नेपाल लघुवित्त मर्ज हुँदै, स्वाप रेसियो कति ?

लोकपथ
156
Shares

काठमाडौं । युनिक नेपाल लघुवित्तसँग मर्ज गर्ने प्रस्तावसहित घोडीघोडा लघुवित्तले विशेष साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा असोज १६ गते बोलाइएको छ ।

सभाले युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्तबीच गाभ्ने/गाभिने प्रस्ताव पारित गर्नेछ । सभाले घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता अर्थात् सेयर आदान प्रदान (स्वाप रेसियो) १:०.५० अनुपातमा मर्जर हुने प्रस्ताव पारित गर्नेछ ।

एक आपसमा मर्ज हुने भएपछि घोडीघोडा र युनिक नेपाल २०७७ कात्तिक २३ गते देखि घोडीघोडाको सेयर कारोबार रोक्का रहेका छ ।

यी दुई कम्पनीहरुबीच २०७७ कात्तिक २१ गते मर्ज सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?