काठमाडौं । सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायी–उद्योगीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्। बजेट प्रतिस्थापन विधेयक साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएको भन्दै उनीहरुले सकारात्मक रहेको बताएका हुन्।
अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुने बताए। अध्यक्ष दुलालले २०७८–०७९ को प्रतिस्थापन बजेट स्वागतयोग्य रहेको बताए।
एसेम्बल गरी नेपालमा सवारीसाधन उत्पादन गर्ने अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३, ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तःशुल्क महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था नेपालमा एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुङ्गा साबित हुने उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएकोले प्रतिस्थापन विधेयक स्वागतयोग्य रहेको बताए। उनले प्रतिस्थापन विधेयकले आन्तरिक उत्पादनलाई पनि प्राथमिकता दिएको बताए।
होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले प्रतिस्थापन विधेयकले ठूला लगानीहरुमा प्रोत्साहन गर्ने किसिमको बजेट आएको बताए। उनले प्रतिस्थापन बजेटले शून्य रहेको व्यवसायलाई केही गर्न सकिन्छ कि भन्ने आशा जगाएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया