‘चट्ट माया’ सार्वजनिक (भिडियाेसहित)

लोकपथ
819
Shares

काठमाडौं । शिवदर्शन फिल्म्सले ‘चट्ट माया’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । रचना रिमाल र नवीन रावलको स्वरमा रहेको आधुनिक लोकपप गीत सोमबार सार्वजनिक गरेको हो ।

शिवदर्शन फिल्म्सकी निर्देशक समेत रहेकी गायिका गायत्री थापाले निर्माण गरेको गीतमा मिलन विष्टको शब्द र नवीन रावल स्वयमको संगीत रहेको छ । गीतको संगीत संयोजन मोहित मुनालले गरेका हुन् भने मिक्सिङ मास्टरिङ श्यामस्वेत रसाइलीले गरेका हुन् ।

उषा उप्रेती र दिपेशजंग थापाको अभिनय रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

भिडियाे हेनुहाेस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?