असोज ४ गतेबाट नयाँ नोट साट्न पाइने

लोकपथ
598
Shares

काठमाडौं । दशैँ तिहारका लागि आगामी असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले दशैं तिहारका असोज ४ गतेदेखि नयाँ नोट सटही गर्न पाइने व्यवस्था गरेको हो ।

नयाँ नोटहरु काठमाडौंमा राष्ट्र बैंकको केन्द्रीय कार्यलयसहित सातवटै प्रदेशको प्रादेशिक कार्यालयलगायतबाट उपलब्ध हुने बताएको छ ।

यसअघि दशैँको मुखमा मात्रै नयाँ नोट साटिने व्यवस्था गरिएकोमा असहज भएको भन्दै यस वर्ष पहिले नै दशैँका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?