सभामुख र निर्वाचन आयोगविरुद्ध ओलीले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

लोकपथ
119
Shares

काठमाडौं । एमाले फुटाउन सहयोग गरेको आरोपसहित सभामुख र निर्वाचन आयोगविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

उक्त रिटमा सोमबार(आज) का लागि वरिष्ठतम् न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाई तोकिएको छ ।

पार्टीले १४ जना सांसदलाई गरेको कारबाही सदर नगरिदिएको भन्दै एमाले अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट निवेदन दर्ता गरेका हुन् भने गैर पार्टीले कारबाही गरेको सांसदहरुको सनाखत गरी नयाँ दलको मान्यता दिइएको भन्दै आयोगविरुद्ध समेत रिट दायर भएको थियो ।

रिट निवेदनमा ओलीले १४ सांसदलाई गरिएको कारबाही सदर गर्दै पदमुक्त भएका सांसदहरुको हस्ताक्षरसहित नयाँ दल दर्ताको निर्णय बदर गराउन समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?