बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
208
Shares
file photo

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

कारोबार पहिलो दिन आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ३ सय रहेको थियो । आज तोलामा सुनको मूल्य ३ सयले वृद्धि भइ प्रतितोला सुन ९० हजार ६ सय कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।

महासंघका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला चाँदीको मूल्य ११ सय ९५ रहेको थियो भने आज मूल्य बढि १२ सय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?