सभामुखले बोलाएको सर्वदलीय बैठक ओलीद्वारा बहिस्कार

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका छन् ।

संसद बैठकलाई मर्यादित बनाउन भन्दै सोमबार (आज) का लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । तर निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको एमालेका अध्यक्षले उक्त बैठकमा नजाने बताएका हुन् ।

गत भदौ २३ गते बुधबारबाट प्रतिनिधि सभाको नवौँ अधिवेशन सुरु भएको छ । तर निरन्तर एमालेको अवरोधपछि मंगलबारसम्मका लागि बैठक स्थगित भएको छ ।

आइतबार पनि एमालेका सांसदहरुले अवरोध गरि बैठक संचालनमा बाधा पुर्याएपछि सभामुख सापकोटाले छलफलका लागि बसै दलका शीर्ष नेताहरुलाई बोलाएका हुन् । बैठक दिउँसो २ः३० बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?