२०७८,श्रावण,१४,बिहीवार

सिरहा नगर कार्यपालिका गठन

२०७४,आश्विन,२३,सोमवार १०:२२


लहान, २३ असोज ।सिरहा नगरपालिकाको नगर कार्यपालिका गठन भएको छ ।नगर कार्यपालिकाको गठन प्रक्रियाअनुसार प्रत्येक वडाबाट निर्वाचित महिला सदस्यमध्ये पाँच सदस्य तथा निर्वाचित सदस्यभन्दा बाहिरबाट दलित वा अल्पसंख्यक पदका लागि तीन गरी आठजना थपिएपछि नगर कार्यपालिकाले पूर्णता पाएको हो ।नगरकार्यपालिकामा निर्वाचित महिला सदस्यमध्येबाट संघीय समाजवादी फोरम नेपालका फुलपरास देवी, तारादेवी सदा, सीमा मण्डल तथा नेपाली काँग्रेसबाट इन्द्रादेवी कर्ण र रुकसाना खातुनले ८३/८३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।त्यस्तै निर्वाचित सदस्यबाहेक दलित वा अल्पसंख्यक सदस्य पदमा नेपाली काँग्रेसबाट उदयशंकर राउत र विनयकुमार साहले ८३/८३ मत प्राप्त गरी विजयी भएका छन भने संघीय समाजवादी फोरम नेपालबाट हिन्देश्वरप्रसाद लाल कर्णले ८१ मत प्राप्त गरी विजयी भएका छन ।नगरसभामा नगरप्रमुख, उपप्रमुख, २२ वडाकै वडाध्यक्ष तथा आठजना गरी ३२ सदस्यीय रहने व्यवस्था छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १०:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । महोत्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको भंगहा नगरपालिका वडा नम्वर ७ बस्ने १७ वर्षीय

जनकपुरधाम । प्रदेश २ को महोत्तरीमा चुरे तथा वातावरण संरक्षणका लागि हरित अभियान सुरु भएको छ । जिल्लाको विभिन्न तहमा

जनकपुरधाम । अविरल वर्षाका कारण कमला नदीमा आएको बाढीले धनुषाको बसैला नगरपालिका वडा नम्वर १३ स्थित बाँध कटान गर्न थालेपछि

रामनारायण यादव / सप्तरी । वर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ४ बलार्दह स्थित मुलुककै पुरानो चन्द्रनहरको बाँध भत्किएको

ताजा समाचार

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढे
 २०७८,श्रावण,१३,बुधबार २२:५८
लागुऔषधसहित एक युवक पक्राउ
 २०७८,श्रावण,१३,बुधबार २२:४९
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
 २०७८,श्रावण,१३,बुधबार २१:४३