च्याम्पियन इन्टर बराबरीमा रोकियो

काठमाडौं। इटालियन सिरी-ए अन्तर्गत साविक विजेता इन्टर मिलानले साम्पडोरियासँग २-२ गोलको बराबरी खेल खेलेको छ।

साम्पडोरियाको घरेलु मैदानमा आईतवार भएको खेलमा इन्टरले पहिलो हाफको १८औं मिनेटमा गोल गर्न सफल भएको थियो। इन्टरका लागि रक्षक फेडेरिको डिमारकोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।

Serie A | Sampdoria 2-2 Inter: Martinez not enough at Marassi - Football  Italia

खेलको ३२औं मिनेटमा साम्पडोरियाका रक्षक माया योशिडाले घरेलु टोलीका लागि बराबरी गोल गर्न सफल भए। तर पहिलो हाफको अन्त्यमा इन्टरले खेलमा पुनः अग्रता लिन सफल भयो।

इन्टरका स्टार खेलाडी लौटरो मार्टिनेजले खेलको ४४औं मिनेटमा गोल गरेका थिए। तर दोस्रो हाफको सुरुवातमै घरेलु टोली खेलमा फर्कियो।

Lautaro Martínez's goal for Inter's draw against Sampdoria 2 to 2 - Zyri

यस पटक तोमासो औगेल्लोले गोल गर्दै साम्पडोरियालाई बराबरीमा पुर्याएका थिए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न नसक्दा च्याम्पियन इन्टर बराबरीमा रोकिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?