सालाहको १००औं प्रिमियर लिग गोलमा लिभरपुलको सहज जित

काठमाडौं। इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतवार खेलिएको खेलमा बलियो टोली लिभरपुलले लिड्स युनाइटेडलाई ३-० गोलले पराजित गरेको छ।

लिड्सको घरेलु मैदान एल्लाण्ड रोडमा भएको खेलमा लिभरपुलले पहिलो हाफको २०औं मिनेटमा अग्रता लिएको थियो। लिभरपुलका लागि स्टार खेलाडी मोहम्मद सालाहले गोल गर्दै अग्रता दिलाएका थिए।

5 talking points from Leeds 0-3 Liverpool - Opera News

प्रिमियर लिगमा सालाहको यो १००औं गोल थियो। उनले १६२ खेलमा १०० गोल गर्दै प्रिमियर लिग इतिहासमा १०० गोलको कीर्तिमान रच्ने ३०औं खेलाडी हुन पुगे। सालाहभन्दा अगाडि अफ्रीकी मूलका डिडियर ड्रोगबाले मात्र सो कीर्तिमान रचेका थिए।

पहिलो हाफमा एक गोलले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा अर्को दुई गोल थप्यो। लिभरपुलका लागि मिडफिल्डर फाबिन्होले खेलको ५०औं मिनेटमा गोल गर्न सफल भएका थिए।

Leeds 0 - 3 Liverpool - Match Report & Highlights

खेलको ६०औं मिनेटमा लिड्सका रक्षक प्याट्रिक स्ट्रुइकले लिभरपुलका युवा खेलाडी हार्भी एलियटमाथि निकै नराम्रो फल गर्दा उनलाई सोझो रातो कार्ड प्रदान गरिएको थियो। एलियटलाई तुरुन्तै अस्पताल लगिएको थियो।

१० खेलाडीमा सीमित लिड्समाथि लिभरपुलले अर्को गोल थप्यो। खेलको इन्जुरी समयमा लिभरपुलका स्ट्राइकर साडियो मानेले गोल गर्दै पाहुना टोलीलाई ३० गोलको सहज जित दिलाउन सफल भए।

Leeds 0-3 Liverpool: Elliott injury overshadows convincing Reds win at  Elland Road

यस जितसँगै लिभरपुलले अंक तालिकाको शीर्ष स्थानमा रहेका चेल्सी र म्यानचेस्टर युनाइटेडसँग अंक तथा गोल अन्तर बराबरी गरेको छ। लिभरपुलको ४ खेलमा १० अंक तथा ८ गोल अन्तर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?