विश्वकप क्रिकेट लिग-२: नेपाल र अमेरिका आज भिड्दै (सम्पूर्ण जानकारी)

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमवार) संयुक्त राज्य अमेरिकासँग अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ।

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको पहिलो खेल ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा अपरान्ह ४:१५ बजे सुरु हुनेछ। भर्खरै अभ्यास स्वरूप पीएनजीसँग दुई मैत्रीपूर्ण खेलमा जित दर्ता गरेको नेपाल आज अमेरिकालाई हराउँदै लिग-२ सिरिजमा पनि शुखद सुरुवात गर्न चाहन्छ।

May be an image of 2 people, people playing sport, people standing and text

यद्यपि अमेरिकाको चुनौती नेपाललाई सजिलो भने हुनेछैन। अमेरिका बलियो टोली हो र उसले पनि भर्खरै पीएनजीविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दा दुवै खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ।

अमेरिकाले यस सिरिजको लागि ४ नयाँ खेलाडीलाई टोलीमा सामेल गरेको छ। विश्वकप क्रिकेट लिग-२ को अंक तालिकामा दोस्रो स्थानमा रहेको अमेरिकासँगको खेल नेपाललाई कठिन हुने कप्तान ज्ञानेन्द्र मल्लको भनाई छ।

Story Image

पीएनजीविरुद्ध पहिलो खेलमा अमेरिकाले ७ विकेटको फराकिलो अन्तरले जित दर्ता गरेको थियो भने दोस्रो खेलमा अमेरिकाका विकेटकिपर ब्याट्सम्यान जसकरण मलहोत्राले कीर्तिमान नै रचेका थिए। उनले अन्तराष्ट्रिय एकदिवसीय खेलमा सन् २००७ पछि पहिलो पटक ६ बलमा ६ छक्का प्रहार गर्दै कीर्तिमान रचेका थिए। सो खेलमा अविजित १७३ रनको पारी खेलेका मलहोत्राले दक्षिण अफ्रिकाका पूर्व विस्फोटक ब्याट्सम्यान हरसल गिब्सको कीर्तिमान बराबरी गरेका थिए।

यता नेपालले भने पीएनजीविरुद्ध दुवै खेलमा सन्तोषजनक ब्याटिङ प्रस्तुत गर्न सकेको थिएन। पहिलो खेलमा मात्र १३४ रनको लक्ष्य पछ्याउँदा ८ विकेट गुमाएको नेपालले दोस्रो खेलमा भने ब्याटिङमा केही सुधार गरेको थियो।

May be an image of 1 person, playing a sport, standing and text

पीएनजीविरुद्धको खेलमा नेपालका दुई खेलाडीले शानदार प्रदर्शन गरेका थिए। ब्याटिङतर्फ रोहित पौडेलले दुई खेलमा १२७ रन बनाउन सफल भएका थिए भने बलिङमा स्पिनर सन्दीप लामिछानेले दुई खेलमा १० विकेट लिन सफल भएका थिए।

विश्वकप क्रिकेट लिग २ अन्तर्गत सन् २०२० को फेब्रुअरीमा नेपालले आफ्नो घरेलु मैदानमा अमेरिकालाई दुई खेलमा पराजित गरिसकेको छ। त्रीवी क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई पहिलो खेलमा ३५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो।

Kushal Malla drives down the ground for a boundary during his record-breaking half-century, Nepal v Oman, ICC Cricket World Cup League Two tri-series, Kirtipur, February 8, 2020

ती खेलहरुको नतिजाका कारण पनि अमेरिकाविरुद्धको आजको खेलमा नेपालको आत्मविश्वास बलियो रहने अपेक्षा गरिएको छ। नेपाल ४ खेलमा २ जित र २ हारसंगै अंक तालिकाको छैठौं स्थानमा रहेको छ। त्यस्तै ओमान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ।

नेपालसहित ओमान, अमेरिका, पपुवा न्युगिनी, स्कटल्यान्ड, नामिबिया र युएई गरी विश्वकप लिग-२ मा ७ टोली सहभागी रहेका छन्। सन् २०२३ सम्म होम र अवेको आधारमा आयोजना हुने यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा स्थान प्राप्त गर्नेछन्।

Xavier Marshall walks out at the start of play for USA's first ODI on home soil, USA v Papua New Guinea, CWC League Two tri-series, Lauderhill, September 13, 2019

आईसीसी विश्वकप क्रिकेट लिग-२ अंक तालिका

नेपाल
खेल: ४ जित: २ हार: २
अंक: ४
स्थान: ६

May be an image of one or more people, people standing, people playing sport and text that says "PAL"

अमेरिका
खेल: १२ जित: ६ हार: ६
अंक: १२
स्थान: २

 

प्लेयर्स टू वाच

अमेरिका

Saurabh Netravalkar's runout in the final over completed an Easter Sunday miracle win, Namibia v USA, WCL Division Two, Windhoek, April 21, 2019
ब्याट्सम्यान: जसकरण मलहोत्रा
बलर: सौरभ नेत्रभलकर (कप्तान)

 

नेपाल

Sandeep Lamichhane ran through the USA batting, Nepal v USA, Men's CWC League 2, Kirtipur, February 12, 2020
ब्याट्सम्यान: रोहित पौडेल
बलर: सन्दीप लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?