अरुण कावेली पावर लिमिटेडले सेयर धनीलाई १७ प्रतिशत लाभांश दिने

लोकपथ
175
Shares

काठमाडाैं । अरुण कावेली पावर लिमिटेडले सेयर धनीहरुलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

शनिवार काठमाडौंमा भएको साधारण सभाले संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १७ प्रतिशतको दरले बोनश सेयर लाभांश दिने भएको हो ।

कम्पनीले सेयरधनीलाई कर प्रयोजनको लागि थप ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत दिने निर्णय गरेको छ ।

पाँचथर र ताप्लेजुङको बीच भएर बग्ने कावेली नदीमा २५ मेघावाटको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ । २०७६ कार्तिक २३ बाट व्यापारिक उत्पादन सुरु गरेको अरुण कावेली पावर लिमिटेडले ७०.६७ करोड आम्दानी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?