नेपाल र बंगलादेशबीचको खेल गोल रहित बराबरीमा अन्त्य

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोली र बंगलादेशी महिला राष्ट्रिय फुटबल टोलीबीच खेलिएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा अन्त्य भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको आजको खेलमा दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपनि गोल भने हुन सकेन। पहिलो हाफमा नेपालले बल पोसेसनमा हैकम जमाएपनि पाएको मौकाको सदुपयोग भने गर्न सकेको थिएन। नेपालले फाइनल थर्डमा पासहरु मिलाउन नसक्दा गोल गर्न सकेको थिएन।

दोस्रो हाफमा खेलाडी परिवर्तन गरेपछि दुवै टोलीले अझै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए। तर बंगलादेशी टोलीले उत्कृष्ट रक्षात्मक खेलको प्रदर्शनी गरेको थियो।

अब नेपाली चेली महिला एसियन कप २०२२ को छनोट खेल खेल्न भोलि (सोमवार) उज्बेकिस्तानतर्फ प्रस्थान गर्दैछन्। नेपालले त्यहाँ दुई बलिया टोली फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?