पाल्पा, १ वैशाख । पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् ।बगनासकाली गाउँपालिका–८ रानीमहल नजिकैको कालीगण्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्ने क्रममा बेपत्ता भएको अस्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम भट्टराईले बताए।बेपत्ताको खोजीकार्य जारी रहेको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया