एस बागमती प्रदेशको दलको नेतामा पाण्डे चयन, गरे मुख्यमन्त्रीको दाबी

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) बागमती प्रदेशको संसदीय दलको नेतामा सांसद राजेन्द्र पाण्डे चयन भएका छन् ।

आइतबार (आज) बसेको एकीकृत समाजवादी बागमती प्रदेशको बैठकले पाण्डेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

निर्वाचन आयोगबाट मान्यता पाएसँगै आज पहिलो पटक प्रदेशका जेष्ठ सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा बागमतीमा एस संसदीय दलको बैठक बसेको थियो ।

आजको बैठकमा प्रदेशका १३ जना सांसदहरुको उपस्थिति रहेको थियो । त्यस्तै बैठकले अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारलाई एसको समर्थन नरहने समेत निर्णय गरेको छ । यससँगै संसदीय दलको नेता चयन भएसँगै पाण्डेले मुख्यमन्त्रीको दाबी गर्ने प्रतिक्रिया दिएका छन् ।

सांसद पाण्डे गत निर्वाचनमा धादिङ क्षेत्र नं १ बाट प्रदेश (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?