नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित बराबरीमा अन्त्य

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा बंगलादेशी महिला राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा अन्त्य भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बल पोसेसनमा हैकम जमाएपनि पाएको मौकाको सदुपयोग भने गर्न सकेको छैन। नेपालले फाइनल थर्डमा पासहरु मिलाउन नसक्दा गोल गर्न नसकेको हो।

उता बंगलादेशी स्ट्राइकर श्रीमती खातुनले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो। यी दुई टोलीबीचको दोस्रो हाफ अबको केही बेरमा सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?