काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रतिनिधिसभा बैठक सूचारु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुख दुवैप्रति आक्रोश व्यक्त गरेका छन् ।
पूर्वसभामुख समेत रहेका उपनेता नेम्वाङले सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद अवरुद्ध गर्नुपरेको स्पष्ट पार्दै त्यो स्थिति कहिलेसम्म अन्त्य हुन्छ ? भनि प्रश्न समेत गरे ।
आइतबार संसद भवन परिसरमा उनले संसद अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि संञ्चारकर्मीहरुलाई आग्रह गरे ।
उपनेता नेम्वाङले भने, ‘संसद बैठक अवरुद्ध हुने यो स्थितिलाई कहिलेसम्म कायम राख्नुहुन्छ ? कहिलेसम्म प्रतिपक्षलाई हामीप्रति भेदभाव भइरहेको छ । त्यो भेदभावको स्थिति कहिले अन्त्य हुन्छ भनेर प्रतिपक्षले महसुस गर्ने कहिलेसम्म हो ? यस्तो भइरहँदा पनि सत्तापक्ष र सभामुखले अहिलेसम्म अलिकति पनि कुरा नगरीकन, छलफल नगरीकन बसी राख्न सक्नुहुन्छ ?
उपनेता नेम्वाङले माधवकुमार नेपालसहितका आफ्ना पार्टीले निष्काशन गरेका १४ जना सांसदहरुको सूचना संसद सचिवालयमा टाँस नगरुन्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने पार्टीको अडान समेत दोेहोर्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया