आईपीओ निष्काशनको अनुमति माग्दै राप्ती हाइड्रो बोर्ड पुग्यो

लोकपथ
105
Shares

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपिओ) निष्काशनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेको छ।

कम्पनीले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति माग्दै भदौ ८ गते बोर्डमा निवेदन पेश गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । बोर्डको अनुमति पाएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ ।

कम्पनीले आईपीओ निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?