फातिमाले भनिन्- ‘एमसीसी पारित गर्न ढिला भइसक्यो’

लोकपथ
572
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले एमसीसी परियोजना नेपालमा अनुमोदन हुन ढिलो भइसकेको बताएकी छिन् ।

प्रधानमन्त्रीसहित नेपालका सबै दलका शीर्ष नेताहरुसँगको छलफलपछि सुमारले सो कुरा बताएकी हुन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यसअघि नै पारित भइसक्नु पर्नेमा
ढिलो भइसकेको बताएकी हुन् ।

त्यस्तै एमसीसी परियोजका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्नेमा जोड दिइन् ।

एमसीसीको बारेमा जानकारी लिन फातिमा बिहीबार काठमाडौं आएकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसालसहित अन्य शीर्ष नेताहरुसँग समेत भेटघाट गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?