एकीकृत समाजवादीद्वारा मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने निर्णय

लोकपथ
252
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नभएको जानकारी गराएको छ ।

आइतबार बसेको बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानकारी संसद सचिवालयलाई जनकारी गराउने निर्णय गरेको छ । नेकपा एमाले विभाजन हुँदा १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् ।

यससँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । एमाले विभाजन हुँदा माधवकुमार नेपाल समूह छाडेर एमालेमै बसेकी उनी २ भदौमा मुख्यमन्त्री बनेकी थिइन् । त्यस्तै बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता समेत चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?