संसद् बैठक सुचारु कहिले हुन्छ ?, देउवा भन्छन्- ‘ओलीलाई सोध्नू’

लोकपथ
294
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सभामुख अग्नीप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षड्यन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै आइतबारको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन ।

संसद् बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद्र बैठक सुचारु कहिले हुन्छ ? भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गरे । सञ्चारकर्मीहरुले ‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद् चलाउन हुन्छ ?’ भनि प्रश्न गरेका थिए ।

उनले त्यसको जवाफ दिँदै संक्षेपमा भन्नु भने, ‘ओलीजीलाई सोध्नू’ ।

एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्काशन गरेका सांसदलाई संसद् बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ । आइतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?