नेपालमा कोरोना : २६ हजार सक्रिय संक्रमित, कस्तो छ २४ घण्टाको तथ्यांक ? (विवरणसहित)

लोकपथ
588
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

देशभर ११ हजार १८ जनाको परीक्षण गर्दा ८ सय ३८ जनाको पीसीआर र ७३ जनाको एन्टीजेन पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले जनाएको छ ।

त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र कोरोनाको कारण १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३९ हजार ४ सय ५७ पुगेको छ । पछिल्ला केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ ।

हाल नेपालमा २६ हजार ७ सय ५७ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?