काठमाडौं । सर्वोच्च अदालतले सांसद सोमप्रसाद पाण्डेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
एमालेबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद पाण्डेले एकीकृत समाजवादीमा जान पाऊँ भन्दै गत भदौ २३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
आइतबार उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो ।
सांसद पाण्डेले आफूले निर्वाचन आयोगमा सनाखत गर्न नपाएकाले एमालेमा नै बस्नु परेको बताउँदै एकीकृत समाजवादीमा जान पाऊँ भन्दै रिट दायर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया