तीन दिन संसदमा अवरोधपछि सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

लोकपथ
819
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

गत भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा एमालेले निरन्तर अवरोध गर्दै आइरहेको छ ।

संसदलाई कसरी मर्यादित बनाउने भन्ने विषयमा छलफलका लागि सोमबार दिउँसो २ः३० बजेका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

आइतबार बसेको बैठक समेत एमाले सांसदको अवरोधपछि स्थगित भएको छ । त्यससँगै आगामी भदौ २९ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?