४ आश्विन २०७८, सोमवार

नेपाल पेमेन्ट सोलुसन र सिटी एक्सप्रेस मनी ट्रान्स्फरको सहकार्य, वालेटमाफर्त सहज रेमिट्यान्सको कार्य गर्न सकिने

२०७८,भाद्र,२७,आईतवार १५:३७


काठमाडौं । नेपाल पेमेन्ट सोलुसन प्रा.लि. ले सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ । यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसन प्रा. लि. का चिफ एक्सपेरियन्स अधिक्रीत प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन ।

यो प्रयास बाट सेवाग्राहिले रेमिट्यान्सको क्षेत्रमा आफू अनुकुल जहाँकहीँबाट कुनै पनि समय जुनै पनि वालेटमा विद्युतिय रेमिट्यान्स कारोबार गर्नका लागि सहयोग पुर्याउने गर्दछ । यो प्रणालीले सेवाग्राहिलाई डिजिटल रेमिट्यान्सको प्रविधि प्रदान गर्ने र भौतिक रेमिट्यान्स भन्दा धेरै सहज, छिटो र सुरक्षित पनि हुने गर्दछ । यो एक कस्टोमाइज गरिएको वित्तिय समाधान हो ।

यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने गर्दछ । यो प्रक्रियाले गर्दा धेरै छिट्टो रकम पठाउन सकिन्छ । यो विद्युतिय रेमिट्यान्स कारोबारले पैसा पठाउने र पाउने कार्य एकैसाथ हुने गर्दछ र डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ । यो प्रणाली सबैका लागि सहज, छिटो र सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम हो ।

रेमिट्यान्स वालेट ट्रान्सफरको बढ्दो प्रयोगसँगै रेमिट्यान्स कम्पनी तथा बैंक तथा वित्तिय संस्थाहरु आफ्नो प्लेटफर्म तथा ग्राहकहरुलाई सशक्त बनाउन लागी परेका छन् । नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

नेपाल पेमेन्ट सोलुसनले बैंक तथा वित्तिय संस्थाहरु तथा बिभिन्न भुक्तानी सेवा प्रदयकको नेटवर्क तयार गरी भुक्तानी एबम ट्रान्स्फरको क्लियरिङ्गग तथा सेटल्मेन्टको कार्य गरी आफ्नो सेवा बिस्तार गरी रहेको छ । कम्पनीले आईएमई पे, प्रभु पे, खल्ती, नमस्ते पे जस्ता भुक्तानी सेवा प्रदायकहरुलाई पनि इन्टिग्रेट गरी थप सेवा दिने तयारीमा रहेकोछ ।

प्रकाशित मिति: २०७८,भाद्र,२७,आईतवार १५:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो केही समय यता सेयर बजारमा निकै उतारचढाव आइरहेको छ । दिनहुँजसो नयाँ कीर्तिमानी राख्दै आइरहेको सेयर बजार

काठमाडौं । सोमबार (आज) देखि दशैँका लागि नयाँ नोट सटही सुरु भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य

सरकार गैरजिम्मेवार हुँदा १ लाखभन्दा बढी बीमितले कोरोनाबापतको भुक्तानी पाउन सकेका छैनन् । सरकारले आफ्नो दायित्वमा पर्ने रकम भुक्तानी गर्ने

ताजा समाचार

दार्चुलामा भूकम्पको धक्का
 २०७८,आश्विन,४,सोमवार १७:२९