ओखलढुङ्गा । ओखलढुङ्गामा जीप दुर्घटना भएको छ । मानेभन्ज्याङ गाउँपालिका ६ हिलेपानीमा आइतवार भएको उक्त जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको ।
दुर्घटनामा बाराका ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एक शिशुसहित चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेले जानकारी दिए । गम्भीर घाइतेको उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लैजान पहल भइरहेको छ ।
सिद्धिचरण नगरपालिका २ ठूलाछापको निशंखेबाट काठमाडौं जाँदै गरेको बा ११ च ५२१० नम्बरको जीप सडकबाट ५० मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया